Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । मंगलबार सरकार परिवर्तन हुने कुरा आएपछि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ मा पुगेको हो । मंगलबार ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज हिमालयन डिस्टिलरीको ८.५४ प्रतिशत, समाज लघुवित्तको ६.९६ प्रतिशत, गुडवील फाइनान्सको ५.७४ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.५१ प्रतिशत, सन्राइस ब्लुचिप फण्डको ५.३६ प्रतिशत सहित २४८ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।

साथै, उपर लघुवित्तको ६.४६ प्रतिशत, हिमालयन ऊर्जा विकासको ६.२१ प्रतिशत, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिभेन्चर-२०८२ को ३.५१ प्रतिशत सहित ५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्