Skip to content
Shikhar Insurance
National Life

यी राजमार्गमा सुरूङ, फ्लाइओभर तथा अन्डरपास बन्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सुरुङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन राजमार्गसहित प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिने बताइन् ।

नीति तथा कार्यक्रममा सिस्नेखोलादेखि नागढुंगासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने, शिद्धबाबाको सुरुङमार्ग निर्माण सुरु गरिने, पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने तथा पृथ्वी राजमार्गको मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणको पूर्वतयारी गरिने उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्