Skip to content
Shikhar Insurance
National Life

यस्तो छ धितोपत्र बोर्डमा अध्यक्ष छान्ने कार्यबिधी, नयाँ स्टककाे लाइसेन्सका लागि भिडन्त पक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष छनौटका कार्यबिधी तयार भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ नेतृत्वको छनौट समितिले दरखास्त आव्हान गर्नु अघि कार्यबिधी तयार पारी सार्वजनिक गरेको हो ।

कार्यबिधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ ।
बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुजि बजार बिकाश, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।

बिद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अङक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अङक, ब्यवसायीक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अङक तोकिएको छ ।
६० लाख भन्दा बढि लगानी कर्ता जोडिएको धितोपत्र बजारको सर्बोच्च नियामक निकाय पुस २२ गतेदेखी नेतृत्व बिहिन छ ।

बोर्ड अध्यक्ष बन्नका लागि बोर्डकै कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, कृष्ण पोखरेल देखि बीमा प्राधिकरणका पुर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका पूर्व सिईओ चन्द्र सिंह साउद, नेप्सेका वर्तमान सिईओ कृष्ण कार्की, लगानी बोर्डका सिईओ सुशील भट्ट, नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, बोर्ड कै पूर्व कार्यकारी निर्देशक निरज गिरि, बिजय सत्याल लगाएत आकाङ्क्षी छन् ।

नयाँ अध्यक्षको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE