Skip to content
Shikhar Insurance
National Life

यस्तो छ आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पुर्ण पाठ)

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्जन बढी बुँदा नीतिलाई संकुचित तथा कोभिड १९ मा दिइएको छुट तथा सुविधा कटौती गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर अधिकारीद्वारा सार्वजनिक आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोको ४/१२ नीति संशोधन गर्दै १२ करोड रुपैयाँको सीमा निर्धारण गरेको छ । साथै, मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था समेत नयाँ मौद्रिक नीतिले गरेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज भएको हो ।

यसैगरी, नयाँ मौद्रिक नीतिले काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । भने, ७ प्रतिशतको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइएको छ । ब्याजदर करिडोर अन्तर्गतका दरहरु १।५ प्रतिशतले बढाएर बैंकदर ८।५ प्रतिशत, नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दर ५ प्रतिशत कायम गरिएको छ । साथै, सीआरआर ४ प्रतिशत कायम गरिएको छ भने, निजी क्षेत्रको कर्जाको वृद्धिलाई घटाएर १२.६ प्रतिशत कायम गरिएको छ ।

ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था मिलाइएको छ । कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दावीले कर्जा रकम खाम्ने गरी बीमा गराउनु पर्ने, तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिने लगायतका व्यवस्था गरिएको छ । साथै, वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेशी मुद्रा सटही सुविधा पाउन अनिवार्य रुपमा बैंक खाता हुनपर्ने  व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्