Skip to content
Shikhar Insurance
National Life

यसकारण एकाएक जुर्मुरायो बीमा कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण !

Hyundai
NCELL
NIMB

काठमाडौं । निकै सस्तो बनेको बीमा कम्पनीहरूको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको छ । भदौ यता करिब ३० प्रतिशतसम्म घटेको बीमा कम्पनीको मूल्यमा एकाएक आकर्षण बढेको हो ।

२३ सय अंकको लाइनमा आइपुगेको नेप्से परिसूचक सुधारोन्मोख अवस्थामा छ । आइतबारको ७१ अंकको वृद्धिले लगानीकर्ता नयाँ आशा पलाएको छ । यस्तो स्थितिमा कारोबार गर्नेहरू बीमा कम्पनीमा आकर्षित हुँदा बजार अझै नयाँ गतिमा विस्तार हुने अपेक्षा गरिएको छ ।

जानकार लगानीकर्ताका अनुसार अहिले बीमा कम्पनीको सेयर मुल्य ३० प्रतिशतसम्मले बढ्दा पनि भदौमा गरेको लगानी उठ्न मुस्किल छ । यस्तोमा बीमा कम्पनीको सेयर मूल्य बढ्ने ठाउँ पर्याप्त रहेको उनीहरूको दाबी छ ।

“आइतबारको बजारमा बढी चार्म बीमा कम्पनीमा आयो किनकि यो समूहको सेयर मूल्य निकै तल आयो,” नेपाल इन्भेष्टर्स फोरमका वरिष्ठ उपाध्यक्ष राजन लम्सालले सिंहदरबारसँग भने, “हाइड्रो बढिसक्यो, बैंकको यस्तै हो । माइक्राफाइनान्स चल्दैन । बीमा कम्पनीहरूको केही बढ्ला भन्ने आशा लगानीकर्तामा पलाएको देखिन्छ । अर्कातर्फ बीमा कम्पनीहरूको पुँजी बढाउने समाचार बाहिरियो । बजार बढ्छ कि भन्ने अपेक्षा छ ।” साथै बीमा कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रममा भएकाले लगानीकर्ता त्यतातर्फ आकर्षित भएको जिकिर लम्सालले गरे ।

साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको सेयरमूल्य उत्साहप्रद ढंगले बढेका छन् ।

नेसनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, जनरल इन्स्योरेन्स, सूर्या लाइफ, एनएफजी इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड, युनियन लाइन, सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्