Skip to content
Shikhar Insurance
National Life

म्युचुअल फण्डहरु दोहोरो करको जोखिमबाट मुक्त भए, अब इकाई होल्डरले मात्रै कर तिरे हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । अब म्युचुअल फण्डहरु दोहोरो करको सम्भावित जोखिमबाट मुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत म्युचुअल फण्डहरुलाई दोहोरो करको सम्भावित झण्झटबाट मुक्त गरिदिएका हुन् । महालेखा परिक्षकको कार्यालयले लेखा परिक्षण प्रतिवेदनमा म्युचुअल फण्डहरुलाई पनि कर लिनुपर्ने उल्लेख गरेपछि केहि कर कार्यालयहरुले पत्र लेखेर केहि मर्चेन्ट बैंकरलाई कर तिर्न ताकेता गरेका थिए । म्युचुअल फण्डहरुले दोहोरो करबाट मुक्ति पाउनुपर्ने बताउँदै आएका थिए ।

कर कार्यालयहरुले म्युचुअल फण्डहरुलाई वित्तिय संस्थाका रुपमा व्यवहार गर्दै ३० प्रतिशत आयकर तिर्नुपर्ने भन्दै पत्र काटेका थिए । मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले बजेट वक्तव्यले म्युचुअफ फण्डहरुलाई विश्वासका साथ अघि बढ्ने वातावरण बनेको बताए । ‘म्युचुअल फण्डहरु इण्डष्ट्रीका रुपमा अघि बढिरहेका थिए, कर सम्बन्धी दुविधाले केहि संका उब्जाएको थियो, अब भने त्यो पनि हटेको छ, यसले म्युचुअल फण्डहरुको विकासमा राम्रो योगदान गर्छ’, अध्यक्ष थापाले सिंहदरबारसँग भने ।

अब म्युचुअल फण्डका लगानीकर्ता(इकाई होल्डर)हरुले आफ्नो आयमा मात्रै कर तिर्नु पर्नेछ । दोहोरो कर लागु भएको अवस्थामा म्युचुअल फण्डहरु चल्नै नसक्ने अवस्थामा पुग्ने थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्