Skip to content
Shikhar Insurance
National Life

म्याग्दीमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । पुस ७ गते सम्पन्न कार्यक्रम अन्नपूर्ण गाँउपालिका–६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो । कार्यक्रममा स्थानिय स्वयमसेविका,आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो।

अन्नपूर्ण गाँउपालिका वडा नं ६ का अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आय आर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरिन् ।

दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन। सर्वोत्तम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरूवालले समाजमा महिलाहरूलाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे।

महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम प्रदान गरिन । क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्