Skip to content
Shikhar Insurance
National Life

म्याक्स इन्टरनेश्नलका सिइओ अकबर हुसेन सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ४० करोड बिगो माग दाबी

Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याक्स इन्टरनेश्नलका सिइओ अकबर हुसेन सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सि.डि.ई. (मेकानिकल) नविन कुमार पोखरेलसहितलाई मुद्दा दायर गरेको हो । आयोगले प्रतिव्यक्ति ४० करोड ८५ लाख बिगो माग दाबी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्