Skip to content
Shikhar Insurance
National Life

मौसम पूर्वानुमान यथार्थपरक बनाउनुपर्छः मन्त्री बस्नेत

Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताएका छन्। जल तथा मौसम विज्ञान विभागको कार्यालयको आज अनुगमन गर्दै उनले चालु आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताए।

मन्त्री बस्नेतले विगतको मौसम पूर्वानुमानको अनुभवलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरे। मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउन सरकारले ध्यान दिने उनको भनाइ थियो । उनले पूर्वसूचना प्रणालीलाई जनमानसमा अझ व्यापक गर्नका लागि नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा सरकारले काम गर्ने स्पष्ट पारे।

मन्त्री बस्नेतले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्