Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीति समीक्षाः साँझ ६ः३० बजे सार्वजनिक हुँदै, ब्याजदरमा हस्तक्षेप र नगद मार्जिन हट्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आइतबार साँझ (आज) ६ः३० बजे सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको खाका तयार गरी शुक्रबार नै उच्च व्यवस्थापनबाट समेत पास गरिसकेको थियो । जसलाई समितिको आइतबार दिउँसो ४ बजे बसेको बैठकले पास गरेसँगै साँझ सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंक आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको सम्पुर्ण काम सम्पन्न गरी तयार भएको मस्यौदालाई शुक्रबार नै उच्च व्यवस्थापनले पास गरेको थियो । जसलाई संचालक समितिले समेत पास गरेसँगै केन्द्रीय बैंकले समीक्षा सार्वजनिक गर्ने समय तय गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको देशको आर्थिक तथा वित्तीय तथ्यांक समेत चुनावअघि नै सार्वजनिक गरिसकेको थियो । जसमा अधिकांश आर्थिक सुचांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको हुँदा यसअघि गरिएका नीतिगत कढाई केही खुकुलो हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘देशको विदेशी मुद्रा सञ्चिती र शोधनान्तर स्थिति बचतमा गएको छ, विदेशी मुद्रा सञ्चिती बढाउनको लागि गरिएको आयातको कढाइ समिक्षामार्फत् केही खुकुलो हुन्छ,’ राष्ट्र बैंकका उच्च अधिकारीले सिंहरबारसँग भने, ‘बाह्य क्षेत्र स्थिर हुँदै गएको छ, अन्तर्राष्ट्रिय वित्तीय निकायहरुले पनि हाम्रोमा भएको आयातको कढाइमा चासो देखाइरहेका छन् । यसले गर्दा पनि अब केही खुकुलो नीति लिनु पर्ने हुन्छ ।’

उनका अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत् यसअघि आयातमा लगाइएका शत प्रतिशत नगद मार्जिनलाई घटाउने र ५० प्रतिशतको मार्जिन हटाउन सक्ने उनको भनाइ छ ।

‘प्रतिबन्द गरिएका वस्तुको विषयमा सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ, तर नगदमार्जिनको विषयमा भने राष्ट्र बैंकले घटाउनेदेखि हटाउनेसम्मको व्यवस्था गर्दैछ ।’–ती अधिकारीले भने ।

यस्तै, मौद्रिक नीति समिक्षाले निजी क्षेत्रको व्यवसायीहरुको गुनासो समेत सम्बोधन गर्ने उनले बताए । बैंकको ब्याजदरमा राष्ट्र बैंकले नियन्त्रणकारी नीति लिन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले सोझै बैंकहरुलाई यति ब्याजदर तोक भन्न मिल्दैन यद्यघि मौद्रिक उपकरण प्रयोग गर्ने धेरै ठाँउ छन्, जुन समिक्षामार्फत् गर्न सकिन्छ ।

 

मौद्रिक नीति समीक्षाः आयातमा नगद मार्जिन घटाउँदै ब्याजदरमा हस्तक्षेप गर्दै आइतबार सार्वजनिक! – 

GBIME

प्रतिक्रिया दिनुहोस्