Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीति कार्यान्वयनमा राष्ट्र बैंक असफल भयोः महालेखा

Hyundai
NCELL
NIMB

काठमाडौं । महालेखा परिक्षकको प्रतिवेदनले मौद्रिक नीति कार्यान्वयनमा नेपाल राष्ट्र बैंक असफल भएको दावी गरेको छ ।
महालेखाले ५९औं वार्षिक प्रतिवेदन मार्फत नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले लिएको लक्ष्य अनुसार काम कारवाही नगरेको टिप्पणी गरेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षका लागि राष्ट्र बैंकले लिएको कर्जाको वृद्धिदर, ब्याजदर, कुल ग्राहस्थ उत्पादनको लक्ष्य, मुद्रास्फीति दरको लक्ष्य, मुद्रा आपुर्ति लगायतमा लिइएको लक्ष्य अनुरुप राष्ट्र बैंकले काम गरेको छैन । आव २०७७।७८ कोमौद्रिक नीतिमा कर्जाको भारित औषतदर १.५ प्रतिशत हुने भनिएकोमा ४.१४ प्रतिशतको पुगेको उल्लेख छ ।

यस्तै, मुद्रा आपुर्ति १८ प्रतिशत अनुमान गरिएकोमा २१.८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर २० प्रतिशत हुने भनिएकोमा २६.३ प्रतिशत भएको उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्