Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीतिमा पूर्व गभर्नर डा. तिलक रावलका आधा दर्जन सुझाव

Hyundai
NCELL
NIMB

नेपाल सरकारका विगतका बजेटहरुले कोरोनाले सिथिल अर्थतन्त्रलाई राहत दिन खास केही कार्यक्रम ल्याउन सकेन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केही गर्यो ।

तर अहिले स्थीति फरक छ, अर्थतन्त्रको गति हेर्दा प्रसस्त मात्रामा तरलता छोड्दै ब्याजदरमा स्थीरता ल्याएर उद्यमी, व्यवसायी, कृषकलाई राहत दिएर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने देखिन्छ । तर, मुद्रा स्फितिको दर हेर्ने हो भने राष्ट्र बैंकलाई सो गर्न अप्ठ्यारो हुन्छ ।

त्यसैले राष्ट्र बैंकले आफ्नो सीमा र परिधिभित्र रहेर सन्तुलित तबरले अघि बढ्नुपर्छ । राष्ट्र बैंकको प्राथमिकता भनेको आन्तरिक स्थायित्व हो र हुनुपर्छ ।

मुद्रा स्फितिको दरलाई एउटा वाञ्छित सीमाभित्र राख्न सक्नुपर्छ । यो माथि जान थाल्यो भने राष्ट्र बैंक वा अन्य मौद्रिक अधिकारीले आर्थिक वृद्धिदर लगायत बजेटका सबै कुरा बिर्सिएर यसको व्यवस्थापनमा लाग्नुपर्ने हुन्छ । राष्ट्र बैंकले आन्तरिक स्थायित्वभन्दा अघि केही कुरा हेर्न मिल्दैन ।

योसँगै राष्ट्र बैंकले वाह्य स्थायित्वमा भुक्तानी सन्तुलनको स्थितिलाई पनि हेर्नुपर्ने हुन्छ । अहिले हाम्रो देशमा दुवै पाटोमा समस्या छन् ।

भुक्तानी सन्तुलनको स्थिति पनि नकारात्मक छ भने मुद्रा स्फितिको दर पनि दोहोरो अंकमा पुग्न लागेको छ । नेपालमा अब २ अंकको मुद्रा स्फिति देख्नलाई हामीले धेरै कुर्नु पर्दैन ।

यो आन्तरिक कारण भन्दा वाह्य कारणले पनि ठुलो प्रहार भइरहेको अवस्था हो । मुद्रा स्फिति अझै बढ्दैछ भने अर्थतन्त्र अझ सिथिल र गतिहिन हुँदैछ । आम नेपाली जनताले अझ दुःख पाउने समय आउँदैछ ।

मेरो अग्राह भनेको राष्ट्र बैंक र गभर्नर महाप्रसाद ज्यूलाई ‘सन्तुलित तबरले मौद्रिक नीति निर्माण अघि बढाउनु पर्छ ।’

यदी मुद्रा स्फितिको दर केही तल जान्छ भने तरलता छोडेर अर्थतन्त्रको गति अघि बढाउने तर्फपनि तत्काल लाग्नु पर्छ । तर, मुद्रा स्फिति १२÷१४ प्रतिशत पुग्न नदिने हो भने आँखा चिम्म गरेर तरलता छोड्ने कुरा गर्न सक्नु हुन्न । मौद्रिक नीतिको पहिलो प्राथमिकता मुद्रा स्फितिलाई अनियन्त्रित हुन नदिनेतर्फ नै हुनुपर्छ ।

सरकारले त पहिले पनि कोरोनाको मारबाट अर्थतन्त्रलाई उकास्नको लागि केही पनि गरेन । जबकी विश्वका धेरै देशहरुले ठुल्ठुला प्योकेज ल्याएर अर्थतन्त्र उकास्न धेरै काम गरे । तर नेपाल सरकारले भने त्यस्तो उल्लेखनिय काम केही गरेन । यद्यपी मौद्रिक नीतिले केही गर्न खोजेको थियो । त्यही अनुसारको विस्तारकारी मौद्रिक नीति राष्ट्र बैंकले यसअघि ल्याएको हो ।

तर, अब भने मुद्रा स्फिति र आन्तरिक स्थायित्व जोगाउन मौद्रिक नीतिमा धेरै लचकता अपनाउन मिल्दैन । अझ पहिले जस्तो विस्तारकारी मौद्रिक नीतिको त कसैले अपेक्षा नै नगर्दा हुन्छ ।

अहिलेको परिस्थितिमा राष्ट्र बैंकले सर्तक भएर नै मौद्रिक नीति निर्माण गरी अघि बढ्नुपर्छ । त्यसँगै समयसापेक्ष मुद्रा स्फितिको दर तल जाने स्थिति भयो भने सिथिल अर्थतन्त्रलाई गतिदिन केही तरलता छोड्न मिल्ने नीति लिन सक्नु पर्छ । (नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्