Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीतिको मध्यावधि समिक्षाः साना ऋणी र उद्यमीलाई राहत, यस्तो छ चार बुँदे संसोधन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको छ । राष्ट्र बैंकले देशको विद्यमान आर्थिक अवस्था, वित्तिय क्षेत्रका परिसूचक र भावी रणनीतिहरुलाई समेटेर मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको बताएको छ ।

राष्ट्र बैंकले मुलतः चार वटा बुँदामा मौद्रिक नीतिमा पुनरावलोकन गरेको छ । अब २०८० जेठ मसान्तसम्को लागि ऋण भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज तिर्नुपर्ने छैन् । यसले ऋणीहरुलाई केहि राहत दिएको छ भने बैंकहरुको पेनाल आम्दानी घटाउनेछ ।

त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउनेको छ । यो व्यवस्थाले साना ऋणी तथा व्यवसायीलाई फाइदा पुग्नेछ ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म
निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गर्ने भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने राष्ट्र बैंकले भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्