Skip to content
Shikhar Insurance
National Life

मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि साधारण सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। जसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दि सक्नेछन् भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्