Skip to content
Shikhar Insurance
National Life

मैलुङ खोला जलविद्युतको लक इन अवधि साउन २६ गते समाप्त हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लक इन अवधि समाप्त हुने भएको छ । २०८१ साउन २६ गते कम्पनीको सेयरको लक इन अवधि समाप्त हुने भएको हो ।

कम्पनीले २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि, २०७८ साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा(कर्मचारी समेत)मा बिक्री खुला गरेको आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी सेयर बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीहरुले धारण गरेको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीय बासिन्दाहरुको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीहरुको सेयर लक इन रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्