Skip to content
Shikhar Insurance
National Life

मेलम्चीको पानी तत्कालै काठमाडौंमा ल्याउँछुः खानेपानी मन्त्री चौधरी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुरा गर्नको लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागिय कार्यसमितिको आठौं विभागि अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पुरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु ।’

मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बतए ।

कर्मचारीहरुको सहयोगमा काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्