Skip to content
Shikhar Insurance
National Life

मेरो माइक्रोफाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको पुस ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने १२ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ नगद लाभांश गरी कुल २० प्रतिशतले हुने रकम २४ करोड रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्