Skip to content
Shikhar Insurance
National Life

मेगा म्युचुअल फन्ड–१ बाँडफाँड, कसले कति पाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ को ८ करोड ५० लाख कित्ता एकाइ बाँडफाँड भएको छ । प्रति एकाइ १० रुपैयाँ दरको १० करोड एकाइ मध्ये ८ करोड ५० लाख एकाइको सार्वजनिक निष्काशन बाँडफाँड भएको हो ।

यो म्युचुअल फन्डमा सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम भएको छ । जसमा १ लाख ६३ हजार ६ सय ४६ आवेदकले २० करोड १४ लाख ५५ हजार ६ सय एकाइ खरीदका लागि आवेदन परेको छ हो । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मागभन्दा अधिक एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति एकाइ १० रुपैयाँ दरको १२ करोड ५० लाख एकाइ अर्थात् १ अर्ब २५करोड रुपैयाँको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।

१० करोडमध्ये १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत एकाइ कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी एकाइ बिक्री गरिएको हो ।

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार कुल आवेदन मध्ये १ सय एकाइ देखि ३ लाख ५० हजार एकाइसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८ सय ६४ जनालाई माग गरे बमोजिम एकाइ बाँडफाँड गरिएको छ । यस्तै ५ लाख देखि १ करोड एकाइसम्म आवेदन गर्ने ३४ जना आवेदकलाई ४ लाख ३६ हजार ३ सय ३० एकाइ बाँडफाँड गर्नुका साथै बाँकी २९० एकाइ ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १०–१० एकाइ बाँडफाँड गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्