Skip to content
Shikhar Insurance
National Life

मूल्य निर्धारण नहुँदै उखु काट्न किन थाले सर्लाहीका किसानले ?

Hyundai
NCELL
NIMB

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् ।

सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल बिना निष्कर्ष टुङ्गिएको र अहिलेसम्म उखुको मूल्य निर्धारण नभएपनि जिल्लाका उखु उत्पादक किसानले उखु काट्न थालेका हुन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उखु उत्पादक किसानले क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति–क्विन्टल रु ६८० हुनुपर्ने भए पनि तत्कालका लागि ६४० मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो । यता उद्योगले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानलाई भुक्तानी गर्ने गरी उखु क्रसिङको तयारी थालेको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्जी वितरण गर्न थालिसकेका छन् । मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु बिक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने अगुवा किसान राजकुमार उप्रेतीले बताए ।

विभिन्न उखु उत्पादक किसान सम्बद्ध सङ्घ–सङ्घठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति–क्विन्टल रु ६८० भन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् । पुसको १५ हुनै लाग्दा धेरै किसानको उखु खेतमा सुक्न थालिसकेकाले किसानले धमाधम उखु काट्न थालेका हुन । गएको वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य रु ५३६/५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले रु ४७१ / २८ पैसा र सरकारले उखु किसानलाई अनुदानस्वरूप रु ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । जिल्लाको इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ सुरु गरेका छन् भने अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी गर्न नसकेर बन्द रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्