Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकको साधारणसभा पुष २९ गते, अग्राधिकार सेयर जारी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अग्राधिकार सेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले पुष २९ गते पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा सभा बस्ने निर्णय गरेको हो ।

सभाले १०० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ ।

अग्राधिकार सेयर जारीपछि हाल कायम चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सभामा हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने र सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको बाटो पनि खुला गर्नेछ। अन्य बैंक तथा वित्तीय संस्था मर्जरका लागि उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने बैंकले जनाएको छ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्दै काठमाडौंको कमलादीबाट लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुष १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE