Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले मंसिर २० गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउने भएको हो।

निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त इकाईका लागि मंसिर २० गतेदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्