Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ कृषि कम्पनीले गर्यो एकै साथ पाँच संरचनाको उद्घाटन

Hyundai
NCELL
NIMB

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले सोमबार एकै साथ पाँच संरचनाको उद्घाटन गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले यी पाँच संरचनाको उद्घाटन गरेका हुन्।

कम्पनीले तयार गरेको पाँच वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार तथा सेवाग्राहीहरु सेवा प्रदान गर्ने उद्देश्‍यले तयार गरिएको बताइएको छ।

इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित ‘प्रादेशिक कार्यालयहरु’, स्याङजा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ संरचना सञ्चालनमा ल्याइएको हो।

कार्यक्रममा मन्त्री भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुर्‍याउने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्