Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बिक्री खुला, कसले कति कित्तासम्म आवेदन दिन पाउने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज (मंसिर ८ गते) शुक्रबार देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

GBIME

प्रतिक्रिया दिनुहोस्