Skip to content
Shikhar Insurance
National Life

मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’को साझेदारमा वृज सिमेन्ट

Hyundai
NCELL
NIMB

काठमाडौं । विगत ७ वर्षदेखि मिस वर्ल्डको साझेदारको रुपमा रहेका वृज सिमेन्टले यो वर्ष समेत मिस वर्ल्डको प्रायोजन गर्ने भएको छ । सो साझेदारीको जनकारी दिँदै सिमेन्टले भनेको छ, यही मजबुत साझेदारीमा आधारित रही यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा पुनः हाम्रो वृज सिमेन्टको सहभागीता रहने कुरा जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित महसुस गरिरहेका छौँ ।

‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ ।

केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो गुणस्तरीय उत्पादन तथा उत्कृष्ट सेवाको लागि परिचित रहेको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा क्रियाशिल सामाजिक संघसंस्थालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न परियोजनाहरूका लागि सहायता प्रदान गर्दै आइरहेको छ ।

स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्