Skip to content
Shikhar Insurance
National Life

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जना भाग्यमानीले पाए ११ कित्ता सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो। सो सेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा ६.४५ कित्ता सेयर रहेकोले सो सेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँट गरिएको छ। अर्थात ६ जनाले लघुवित्तको थप एक कित्ता सेयर प्राप्त गरेका छ भने एक जना ०.४५ कित्ता सेयर प्राप्त गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्