Skip to content
Shikhar Insurance
National Life

मिरमिरे लघुवित्त र बुद्ध ज्योतिले पाए मर्जरको अन्तिम स्वीकृति, एक महिनापछि एकीकृत कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मिरमिरे लघुवित्त र बुद्ध ज्योति लघुवित्तलाई मर्जर तथा प्राप्तीको अन्तिम स्वीकृति दिएको छ । यही साता बसेको राष्ट्र बैंक बोर्ड बैठकले यी संस्थाबीचको मर्जर तथा प्राप्तीको अन्तिम प्रक्रियाको स्वीकृति दिएको हो ।

गत आवको फागुन मसान्तमै यी संस्थाले आपसमा मर्जर तथा प्राप्तीको पारम्भिक सम्झौता गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पाइपलाईमा थिए । सोअघि नै स्वेडा र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको मिर्मिरेले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको हो ।

राष्ट्र बैंकद्वारा जारी बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ती विनियमावली, २०७३ अनुसार राष्ट्र बैंकबाट अन्तिम स्वीकति पाएको एक महिना भित्रै एकीकृत कारोबार गर्नु पर्ने हुन्छ । मिरमिरे लघुवित्तले बुद्ध ज्योतिलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्राप्त गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘यी संस्थाले करिब १० दिन अघिमात्रै सैद्धान्तिक स्वीकृति पाएका थिए, सोअघि नै अन्तिमको लागि आवश्यक कागजात तयार गरिसकेको हुँदा आवश्यक प्रक्रिया पुरा गरी अन्तिम दिन समस्या भएन, तोकिएकै समयमा एकीकृतत कारोबार गर्लान् ।’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE