काठमाडौं । मिथिला लघुवित्तले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश संस्थाको आगामी साधारण सभाबाट अनुमोदनको भएपछि वितरण हुने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्