Skip to content
Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया खुल्ला गरेको हो ।

बैंकले असार २४ गते सेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्