Skip to content
Shikhar Insurance
National Life

मारवाडी समुदायको पक्षमा वीरगंज महानगर, गाली नगर्न अनुरोध

Hyundai
NCELL
NIMB

काठमाडौं । वीरगंज महानगरपालिकाले मेडिकल व्यावसायी दुर्गा प्रसाईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मारवाडी समुदायको पक्षमा विज्ञप्ति जारी गरी गाली नगर्न अनुरोध गरेका हुन्।

उनले मारवाडी समुदायप्रति प्रसाईंले लगाएको आरोप निन्दनीय र आपत्तिजनक रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सम्पुर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडीकल व्यवसायी दुर्गा प्रसाईको मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस तुल्याएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछु । कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिन निन्दनीय छ ।”

महानगर प्रमुख सिंहले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्