Skip to content
Shikhar Insurance
National Life

माया खोला हाइड्रोपावरको १० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन

Hyundai
NCELL
NIMB

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज (मंसिर २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्ये ६ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सो क्षेत्रबाहेकका संखुवासभा जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २४ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE