Skip to content
Shikhar Insurance
National Life

मानुषीको आईपीओ साउन २७ देखि, ३६ हजार ८ सय ५९ जनालाई १० कित्ता पक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

कुल निष्काशन हुने ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुने १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

आर्इपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन्।

प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्