Skip to content
Shikhar Insurance
National Life

माधव नेपाल समुह बैठकः सम्मानजनक एकताको खोजी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहको केन्द्रिय कमिटी बैठक बिहिबारदेखि राजधानीमा जारी छ । पार्टी ‘एकता कि बिद्रोह’ मध्ये एउटा लाइन छुट्याउने अपेक्षा गरिएको निर्णायक बैठकमा पार्टी नेताहरुको तर्फबाट धारणा आउने क्रम जारी छ । बैठकको अध्यक्षता गर्दै बरिष्ठ नेता नेपालले आफु ‘सम्मान जनक एकता’का पक्षमा रहेको बताएका थिए ।

उनले आफुहरुकै मेहनतमा एमाले पार्टीको जग बसाएर यो उचाईमा ल्याएकाले पार्टी जोगाउन हदैसम्मको लचकता अपनाउने बताए । ‘हामीले कोआर्डिनेशन केन्द्र हुँदै माले, एमाले बनाउँदा केपी ओली जेलमा थिए, गाउँ गाउँ पुगेर पार्टी बनाउने हामी हौं, यसको माया हामीलाई धेरै छ, एकता जोगाउन लचक हुन्छौं’, बरिष्ठ नेता नेपालले भनेका थिए । तर उनले सम्मान जनक एकता भने आफुहरुको बटमलाइन भएको बताए ।

नेपालपछि उपाध्यक्ष भिम रावलले १० बुँदे सहमतिको अन्तर्य र पार्टी एकताका सम्भावनाबारे धारणा राखेका थिए । रावलपछि बिहिबार २० जना केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए । बिहिबार धारणा राख्नेमध्ये सबै जसोले ‘पार्टी एकता तर सम्मान जनक’ हुनुपर्नेमा जोड दिएका थिए । बैठक शुक्रबार पनि जारी रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्