Skip to content
Shikhar Insurance
National Life

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

Hyundai
NCELL
NIMB

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुष २५ गते, सेलीब्रेसन हाईटस्, काठमाडौं–४, सुकेधारामा सभा बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण र तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ

सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। पुष ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्