Skip to content
Shikhar Insurance
National Life

माथिल्लो मैलुङको आईपीओ बाँडफाँट, कति जनाले पाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज (कात्तिक ३ गते )शुत्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो। सो सेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्