Skip to content
Shikhar Insurance
National Life

मातृभूमि लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिएको छ । साबिकको जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एकआपसमा मर्जर प्रयोजनका लागि सेयर कारोबार फुकुवा गरिएको हो ।

साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त १:०.८८३४ सेयर अनुपातमा कायम हुन आउने प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले मर्जर भएको थियो । यी दुवै लघुवित्त मर्जर भएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता सेयर मातृभूमि लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई न्युनतम प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। उक्त सेयर साउन २९ गते(मंगलबार)देखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्