Skip to content
Shikhar Insurance
National Life

माण्डु हाइड्रोपावरद्वारा लगानीकर्ताहरुलाई १० प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको कात्तिक १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो दरमा लाभांश घोषणा दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको नगलव लाभांश वितरण गर्न लागेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्