Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकद्वारा मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा  सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं। माछापुच्छ्रे बैंकले पहिलोपटक इएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ।

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ। जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ।

माछापुच्छ्रे बैंकले साे सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनका माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन। बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि र नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो।

बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ। बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ।

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एन्ड पे’ सेवा बैंकले सञ्चालनमा ल्याएको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्