Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन।

मंसिर ७ गते बिहिबार बसेको संचालक समितिको ४९१औं बैठकले के.सी. लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, बाफियाको प्राबधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. उपेन्द्र महताले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात केसीलाई अध्यक्षमा नियुक्ती गरिएको हो ।

के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४ बैशाख १४ गतेदेखि २०७५ पुष २० गतेसम्म यसै बैंकका अध्यक्ष पदमा रहेर काम गरेका थिए । हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । साथै, उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्