Skip to content
Shikhar Insurance
National Life

माच्छापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माच्छापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ। आइतबार नेप्सेले बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात बैंकको सेयर मूल्य २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ। नेप्सेले आइतबार कारोबारको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो। आइतबार कारोबार दिन दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता २६३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्