Shikhar Insurance
National Life

माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा।लि।, फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा।लि। र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि (इटिएसपिएल) को संयुक्त आयोजनामा मेला हुन लोगेको हो ।

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनका अनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा सावित हुँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने जानकारी दिए । १० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी रहने बताए । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने बताउनु भयो । १० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिनुभयो । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति , आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताए । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने प्रवन्ध निर्देशक भट्टराईले जानकारी दिए । प्रदर्शनीमा घर सजावटलाई चाहिने सामग्रीहरु पनि राखिने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्