Skip to content
Shikhar Insurance
National Life

माउन्टेन ग्लोरीले आईपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एल एस क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुको लागि १०० रुपैयाँ अकिंत दरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्नका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी श्री एल एस क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जारी पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ । निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत रहेको कम्पनीले जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्