Skip to content
Shikhar Insurance
National Life

माउन्टेन इनर्जीको १५.७८ प्रतिशत लाभांश घोषणा, साधारणसभा पुष २८ गते

Hyundai
NCELL
NIMB

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.७८९५ प्रतिशत नगद लाभांश छन् । लाभांश पारित गर्न कम्पनीले पुष २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुष १० गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्