Skip to content
Shikhar Insurance
National Life

माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीले फागुन २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर खातामा जम्मा भएको कम्पनीले जनाएको छ । फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न कम्पनीले जानकारी गरेको छ ।

बोनस सेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई खाता खोली आफ्नो बोनस सेयर लिन कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्