Skip to content
Shikhar Insurance
National Life

माई खोला हाइड्रोपावरको आईपीओ निष्काशन हुँदै, कति कित्तासम्म आवेदन दिन पाउँने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले २०८० बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बरारबको १५ लाख २९ हजार ४११ कित्ता आईपीओ निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । ३० हजार ५८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । भने बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकताृहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले बैशाख ८ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २४ गतेसम्म लम्बिने कम्पनीको जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्