Skip to content
Shikhar Insurance
National Life

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओमा आवेदन दिने आज (पुस ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गरेको हो ।

आजसम्म सबैं कित्ताको लागि आवेदन नपरेमा पुस ११ गतेसम्म आवेदन दिन पाउँनेछन् । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्