Skip to content
Shikhar Insurance
National Life

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी शान्ती गौतमको नाममा रहेको ५ हजार ८ सय ७८ कित्ता, लक्ष्मी चौधरीको ४१ हजार ५ सय १२ कित्ता, इन्दु कुमारी कार्कीको ४१ हजार ५ सय १२ कित्ता, निरु कुथुमी राईको ७७ हजार १ सय ४६ कित्ता, सृजना रानाको ८ हजार ८ सय ७८ कित्ता, उमा भण्डारीको ३ हजार कित्ता, तिल कुमारी पाण्डेको ५ हजार ८ सय ७८ कित्ता, शान्ता कुमारी शर्माको नाममा रहेको ५ हजार ८ सय ७८ कित्ता, इन्दिरा गिरीको ९ हजार ७ सय ९० कित्ता सयेर गरी कूल १ लाख ९९ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सागाँ, काभ्रेपलाञ्चाेक वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट ब्रंकिङ्ग लिमिटेड लेखनाथमाग ठमेलमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनस्ले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्