Skip to content
Shikhar Insurance
National Life

महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी गरिने

Hyundai
NCELL
NIMB

राँझा । महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ।

महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई प्रोत्साहन गर्न यही पुस २४ गतेदेखि प्रदर्शनी आयोजना गर्न लागेको सङ्घकी अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिइन्।

“हामी तयारीमा जुटिरहेका छौँ । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा उत्पादित वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ”, उनले भनिन्, “प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहनुभएको छ।” यस सङ्घले एक दशकदेखि महिलालाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन्।

महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ताकपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले टेवा पुर्याएको उपाध्यक्ष सिंहले बताइन्। “हाम्रो मेला अन्य मेलाभन्दा केही पृथक छ । हामी नाफा कमाउने उद्देश्यले मेला गर्दैनौँ”, उनले भनिन्, “महिला व्यवसायीलाई कसरी उद्योग, व्यवसायमा सक्रिय बनाउन सकिन्छ भनेर काम गर्छौं । उनीहरुका समस्यासमेत उजागार गरेर समाधान गर्ने प्रयास गर्छौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्