Skip to content
Shikhar Insurance
National Life

महिलाहरु आर्थिक रुपले पनि शसक्त हुनुपर्छः खड्का

Hyundai
NCELL
NIMB

काठमाडौं । संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खडकाले महिलाहरु आर्थिक रुपले पनि शसक्त हुनुपर्ने बताएकी छिन् । नेकपा(एकिकृत समाजवादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले महिलामाथि बिभेद तथा थिचोमिचो अन्त्य गर्न महिलाहरु आर्थिक रुपले शसक्त हुनुपर्नेमा जोड दिएकी छिन् ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा महिलाहरुको शसक्त सहभागीता रहने पनि बताइन् । साथै, पार्टीलाई निर्वाचनमा जिताउनका लागि अहोरात्र खटिनका लागि उनले निर्देशन समेत दिईन् । त्यस्तै, पार्टी स्थायी कमिटी सदस्य डा .बशिधर मिश्रले महिला अधिकार सुनिश्चित गर्न एकिकृत समाजवादीले जित्नुपर्ने धारण राखे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौ सम्पर्क मञ्च महिला बिभागद्धारा आयोजित तिज बिशेष कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष एवं कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटिका अध्यक्ष बेदनाथ कोइराला, पार्टी केन्द्रिय कानुन बिभाग सदस्य गोपाल श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, मधेश प्रदेश कमिटि सदस्य एवं रौतहट गौर नगरपालिकाका मेयर शम्भु शाह, पार्टी केन्द्रिय बिज्ञान तथा प्रविधि बिभाग सदस्य दिपक गुप्ता, पार्टी केन्द्रिय स्वास्थ्य बिभाग सदस्य दुर्गा खड्का मिश्र, प्रगतिशिल लेखक संघका उपमहासचिव वालमुकुन्द कार्की , पार्टी केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात बिभाग प्रताप खड्का , पार्टी केन्द्रिय भौतिक पुर्वाधार तथा यातायात एव मधेश प्रदेश कमिटिका सदस्य पार्वती दुलाल, सम्पर्क बिशेष प्रदेश कमिटिका सदस्य राजन उपे्रति, मधेश प्रदेश कमिटि सदस्य अरुण गिरी, माधव रेग्मी,चिन कुमारी शिवाकोटी, इन्दिरा कोइराला, संजय शाह, रौतहट जिल्ला कमिटि सदस्य सोबिन्द चौधरी, काठमाण्डौ जिल्ला कमिटी सदस्य दिपक तिमल्सीना, रौतहट गुजरा नगरपालिका मेयर प्रत्यासी केशव राय, बारा–काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष राजेन्द्र खड्का, रौतहट सम्पर्क मञ्चका अध्यक्ष सचित कुइकेल उपाध्यक्ष रामानन्द चौधरी, सचिव नमो नारायण झा लगाएतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्