Shikhar Insurance
National Life

महिलालाई आर्थिक रुपले सक्षम बनाउन महालक्ष्मी लाईफको छुट्टै अभियान

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । “युवासँग–महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको आरम्भ गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा, उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष मनोरञ्जन रमण शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वासउनले व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराएका थिए । ‘देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने छ।’, सिईओ भट्टराईले भने ।

आर्थिक वर्ष २०७९।८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकायसंग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा कम्पनीका तर्फबाट
बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला, बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी सहभागि थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८।७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ”युवासंग महालक्ष्मी लाईफ” कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस टु र ब्याचलर कलेजमा ८,००० भन्दा बडी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रम अत्यन्त सफल भइ बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्