काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघ पुँजीबजार फोरमको जिम्मेवारी शैलेन्द्र गुरागाईंले पाएका छन् । महासंघ कार्यसमिति सदस्य गुरागाईंले बुधबार फोरम सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन् । उनी दोस्राे कार्यकाल महासंघ कार्यसमिति सदस्य निर्वाचित भएका थिए । उनी जल विद्युत कम्पनीहरूका ठूला लगानीकर्तामा पर्छन् । उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पूर्व अध्यक्ष पनि हुन् ।
महासंघ पुँजीबजार फोरमको सभापति बने शैलेन्द्र गुरागाईं

प्रतिक्रिया दिनुहोस्